
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र चाँदी प्रतितोला चार हजार ५९५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal