
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal