काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
भदौ १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर र सोको कर सहित ६.५२६३ प्रतिशत नगद लाभांश छ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।