• Menu

नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय गाडीमा ग्राहकको आकर्षण, उल्लेख्य संख्यामा बुकिङ

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १६:११

नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय गाडीमा ग्राहकको आकर्षण, उल्लेख्य संख्यामा बुकिङ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीसाधनप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ ।

‘मेहेनती हातको विश्वसनीय साथी’ नारासहित एक्स्पो अवधिभर चेरी वान्डाले ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधासमेत उपलब्ध गराएको थियो । यस सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको कम्पनीको भनाइ छ ।

चेरी वान्डाका विद्युतीय सवारी मिनेट्रक, स्कुल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेका छन् । एक्स्पोमा विशेषगरी मिनेट्रक सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति विशेष रुचि देखाएका थिए । त्यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा समेत विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ ।

नाइमा एक्स्पोको स्टल नम्बर १६, हल डीमा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका थिए । कम्पनीले कुन मोडलमा कति बुकिङ भयो भन्ने विस्तृत विवरण सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ तथा ग्राहकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाको स्टलमा उपस्थित भई सवारीसाधनको अवलोकन, जानकारी तथा बुकिङ गर्ने सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकप्रति चेरी वान्डाको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले धन्यवाद व्यक्त गरेको छ ।

जगदम्बा मोटर्सले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय तथा भरपर्दो विद्युतीय व्यावसायिक सवारीसाधन उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ ।