
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal