• Menu

राजबहादुर शाह व्यक्तिगत आयतर्फ लगातार पाँचौँपटक सम्मानित

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १२:३२

राजबहादुर शाह व्यक्तिगत आयतर्फ लगातार पाँचौँपटक सम्मानित

काठमाडौं । व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिरेबापत फेरि पनि राजबहादुर शाह सम्मानित भएका छन् । मंगलबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई सम्मान गरेका हुन् ।

२०७७, २०७९, २०८० र २०८२ सालमा पनि शाह नै धेरै कर तिरेबापत सम्मानित भएका थिए । शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् ।

संस्थाहरुमध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको जनाएको छ ।