• Menu

तिहारपछि प्रतितोला १७ हजार १ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार ११:५३

तिहारपछि प्रतितोला १७ हजार १ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो गिरावटसँगै तिहारयता सुनको मूल्य प्रतितोला १७ हजार १ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।