• Menu

नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा

नेपाल प्रफिट

२०८३ कात्तिक २६, बिहीबार १३:१३

नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

ज्येष्ठ नागरिक छुट पाएर डिल्लीबजार कारागारबाट आज रायमाझी रहा भएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिए ।

६५ वर्ष पूरा भएका रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रिहा भएका हुन् । कारागार प्रशासनले रायमाझीलाई परिवारको जिम्मा लगाएको छ ।

सर्वोच्च अदालत यही कात्तिक १६ गते पूर्वमन्त्री रायमाझीलाई सो छुट सुविधा दिन कारागार प्रशासनलाई पत्राचार गरेको थियो । रासस