• Menu

सुन तोलामा २३ सयले घट्दा चाँदीको भाउ पनि सस्तियो

नेपाल प्रफिट

२०८३ असोज १, बिहीबार ११:३०

सुन तोलामा २३ सयले घट्दा चाँदीको भाउ पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि गिरावट आएको छ। केही दिनअघि ३ लाख नाघेको सुनको भाउ बिहीबार फेरि ३ लाख रुपैयाँमुनि झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेको हो।

यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदीको भाउ आज ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।