• Menu

नाडा अटो सो मा विशेष अफर : सुजुकी पर्वोत्सवमा २ लाखसम्म नगद छुट

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार २१:२७

नाडा अटो सो मा विशेष अफर : सुजुकी पर्वोत्सवमा २ लाखसम्म नगद छुट

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले केही दिनअघि सुरु गरेको चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’लाई नाडा अटो सोमा विशेष रुपमा अघि सारेको छ ।

सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार सेवा) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन् । सुविधाहरू मोडेलअनुसार फरक हुनेछन् र देशभरका सबै सुजुकी सोरुममा उपलब्ध हुनेछन् ।

यस योजनामा अल्टो के १० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजा सिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्स सिरिज र ईभिटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ । यो योजना २०८३ साउन २७ देखि मंसिर १५ सम्म लागू रहने कम्पनीले जनाएको छ ।

छुट्टै स्किम, थप चार्जर सुविधा

हाल चलिरहेको ‘ईभिटारा फर्स्ट १०० युनिट प्रमोसनल स्किम’ भने छुट्टै स्वतन्त्र अफरका रूपमा निरन्तर रहनेछ । पहिलो १०० युनिट रिटेल भइसकेपछि माथि उल्लेख गरिएका मोडेलअनुसारका सुजुकी पर्वोत्सव सुविधाहरू ईभिटारामा पनि स्वतः लागू हुनेछन् ।

विद्युतीय सवारी साधनप्रतिको सुजुकीको निरन्तर प्रतिबद्धता अनुरूप ईभिटारा ग्राहकले सवारीसँगै आउने ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । यो सुविधा ग्राहकको परिसरमा जडान सम्भाव्यताको अधीनमा रहनेछ ।

ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन

सुजुकी पर्वोत्सवको घोषणा यस्तो बेला भएको छ, जब नयाँ ब्रेजा नाडा अटो सो २०२६ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक भएको छ । सुजुकीको अद्यावधिक यो कम्प्याक्ट एसयूभी प्रदर्शनीको पूरै ६ दिन फ्लोरमा प्रदर्शनीमा रहनेछ ।

आगन्तुकले गाडीलाई नजिकैबाट अवलोकन गर्न, भित्र बसेर अनुभव गर्न र बुकिङ गर्नुअघि यसको नयाँ पावरट्रेन, फिचर तथा सुरक्षा अपग्रेडका बारेमा सुजुकीका प्रडक्ट विशेषज्ञहरूसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन् । नयाँ सुजुकी ब्रेजा ५ स्टार भारत एनसीएपी रेटिंग प्राप्त गरेको गाडी हो ।

नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप २०८३ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलभित्र रहेको सुजुकी प्याभिलियन, स्टल A*2 मा अवलोकन गर्न सकिनेछ । यस वर्षको प्रदर्शनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औं वार्षिकोत्सवको अवसर पारेर ‘गोल्डेन जुब्ली संस्करण’का रूपमा आयोजना गरिएको छ ।

प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकहरूका लागि सुजुकी पर्वोत्सवअन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको विशेष ‘स्क्र्याच एन्ड विन’ अफर पनि उपलब्ध हुनेछ ।

‘सम्भावित ग्राहकलाई हामी आफ्नो नजिकैको आधिकारिक सुजुकी डिलरसिपमा र विशेषगरी अगस्ट २५ देखि ३० सम्म चल्ने नाडा अटो सो मा आउन आग्रह गर्छौं, जहाँ मोडेलअनुसारका सुविधाबारे विस्तृत जानकारी लिन र यो सीमित अवधिको अवसरको लाभ उठाउन सकिनेछ,’ सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले भने ।