• Menu

सुनचाँदीको मूल्य घट्यो

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार ११:५७

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार  सात सय र चाँदीको चार हजार नौ सय ६५ कायम भएको थियो ।