
धनुषा । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा आफ्नो १०औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ। नयाँ सोरुमको शुभारम्भसँगै कम्पनीले विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा सार्वजनिक गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
हालै मलेसियामा आयोजित ‘अलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा इ.मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि जितेको कम्पनीले जनाएको छ। अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र आकर्षक डिजाइनको संयोजनका रूपमा गाडीलाई प्रस्तुत गरिएको छ ।
इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन्। त्यस्तै, ७० लिटर क्षमताको अगाडिको भण्डारण कक्ष, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको सामान राख्ने स्थान तथा ३२ वटा भण्डारण कक्ष रहेको कम्पनीले जनाएको छ।
जनकपुरमा आयोजित सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यावसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै जनकपुरका ग्राहकका लागि इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए ।
उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र मूल्यको संयोजनका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको हो। वीरगञ्जमा हुने कार्यक्रमसँगै अभियानको अर्को चरण पूरा हुने कम्पनीले जनाएको छ। नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ ग्राहकसम्म पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ।
इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। जनकपुरमा सार्वजनिककरणका अवसरमा प्राइम भेरियन्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
अब ग्राहकले जनकपुरस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इ.मास ५ को प्रत्यक्ष अवलोकन तथा परीक्षण सवारी गर्न सक्नेछन् । सोरुममार्फत गाडीको प्रविधि, सुविधा, डिजाइन तथा सञ्चालन अनुभवबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
जनकपुरमा नयाँ सोरुम सञ्चालनमा आएसँगै क्षेत्रीय बजारमा प्रोटोनका विद्युतीय सवारीसाधनको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal