काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला २२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ कायम थियो ।