• Menu

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८८ करोड

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १५:३२

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८८ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ७.३८ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६२१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.६२ अंकले बढेको थियो ।

आज कारोबारमा आएका कम्पनीमध्ये ८९ वटाको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूह ०.४० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहगत सूचक घटेका छन्    । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ ।

त्यस्तै विकास बैंक ०.२३, वित्त०.५९, जलविद्युत ०.२९, लगानी ०.२३, जीवन बिमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, लघुवित्त ०.२३, निर्जीवन बिमा ०.२७, अन्य ०.७८ र व्यापार समूह ०.५२ प्रतिशतले घटेका छन् ।

आज दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ र एभरेस्ट कलरको २.८३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

यता पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ र त्रिशूली जलविद्युत्को ३.२४ प्रतिशतले सेयर मूल्य घटेको छ ।