काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३२ अंकले घटेर ४७७.२१ विन्दुमा पुगेको छ। फ्लोट सूचक ०.८३ अंकले घटेर १८२.७७ र सेन्सेटिभ फ्लोट सूचक ०.७३ अंकले घटेर १६१.७६ विन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँमा खरिद-=बिक्री भएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घटेको छ भने एक उपसमूहको सूचक बढेको छ। आज कुल ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको मूल्य घटेको छ। नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आजको कारोबारमा अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र अपोलो हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्।
त्यस्तै, एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन्।