• Menu

पर्वतारोहण अनुमतिबाट ३३ करोड ४२ लाख राजस्व संकलन, मनास्लुबाट मात्रै साढे २२ करोडभन्दा बढी आम्दानी

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १७:०६

पर्वतारोहण अनुमतिबाट ३३ करोड ४२ लाख राजस्व संकलन, मनास्लुबाट मात्रै साढे २२ करोडभन्दा बढी आम्दानी

काठमाडौं । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि-१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० र  मकालु आरोहण गर्ने तीन आरोहीबाट ६ लाख ८८ हजार ५० राजस्व  प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।