• Menu

सुन तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदीपनि सस्तियो

नेपाल प्रफिट

२०८३ मंसिर ३, बिहीबार ११:३७

सुन तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदीपनि सस्तियो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो ।