मकवानपुर । मकवानपुरको भैँसे नजिकै आज बिहान सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
रौतहटको चपुरबाट काठमाडौंतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका-४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए । अन्य एक मृतकको परिचय खुलेको छैन ।
दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते सात जनालाई हेटौंडा अस्पताल पुर्याइएको छ । रासस