• Menu

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा साढे १८ अर्ब रुपैयाँ मौज्दात

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १७:०३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा साढे १८ अर्ब रुपैयाँ मौज्दात

काठमाडौं  । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न खातामा बुधबार बिहान ९ बजेसम्म कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० रुपैयाँ मौज्दात रहेको छ ।

त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारी कोषमा आर्थिक सहयोग संकलन भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।