• Menu

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १६:२०

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत भएको छ ।

सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइ अघि बढाउनेछ ।