काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला ८० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य तीन हजार ५२० कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७० हजार २०० र चाँदीको मूल्य तीन हजार ६०० कायम थियो ।