एजेन्सी । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगन्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगन्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ ।
यसैबीच, कानुनमन्त्री मो. असदुज्जमानले हसिना कानुनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बंगलादेश फर्कन सक्ने बताएका छन् । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उनले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानुनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो ।