• Menu

जनकपुरधाममा मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवकको मृत्यु, चालक पक्राउ

नेपाल प्रफिट

२०८३ कात्तिक ३०, सोमबार १६:४६

जनकपुरधाममा मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवकको मृत्यु, चालक पक्राउ

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका-९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्तकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

गम्भीर घाइते भएका यादवको मृत्यु भएपछि चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।