झापा । झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानका दुईवटा कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले राखेको धानको कुन्यूमा गएराति आगजनी भएको हो ।
राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवैवटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो ।
आगलागीबाट धान र पराल गरी करिब रु एक लाख ५१ हजारभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । उनका अनुसार घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।