काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नियुक्त भएकै दिन नियुक्तिपत्र बुझेको गृह मन्त्रालयले जनाएको छ।
मुलुकको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्ति भएकै दिन नियुक्तिपत्र बुझेका थिए। तर, त्यसपछि तिहार र छठ पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले उनी कार्यालयमा हाजिर हुन भने सकेका छैनन्।
कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत स्थापना गरिएको छ।
यसैबीच, पूर्वप्रहरी महानिरीक्षक कार्कीले आफूलाई महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।