काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा छापा मारेको छ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारिएको पुष्टि गरेका छन्।
अनुसन्धानका लागि आवश्यक पर्ने कागजात सीआईबीको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । छापा तथा कागजात नियन्त्रणमा लिनुको विस्तृत कारण भने प्रहरीले सार्वजनिक गरेको छैन ।