• Menu

सामान्य अंकले बढ्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १५:४४

सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले बढेर ४४९.५० मा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक ०.१५ अंकले बढेर १७४.३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.१२ अंकले बढेर १५१.७३ मा पुगेको छ ।

विभिन्न कम्पनीका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर तीन अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ । आज १४५ कम्पनीको सेयर बढ्यो भने १२३ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर कम्पनी, आशा लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आज पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त कम्पनी रक सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।