काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्दार गरिएको छ ।
भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली ३ ‘ए’ सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको हो।
कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुन भने सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।