• Menu

मकालुमा शिक्षक नरकुबिर खम्बु राईको गोली हानेर हत्या

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार ११:१६

मकालुमा शिक्षक नरकुबिर खम्बु राईको गोली हानेर हत्या

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा-१ चिर्खाङमा गोलीहानेर एक शिक्षकको हत्या भएको छ ।

मकालु-१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो ।

विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

सम्बन्धित समाचार