• Menu

सुनको मूल्य प्रतितोला दुई हजार पाँच सयले बढ्यो, चाँदी पनि महँगियो

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार ११:५६

सुनको मूल्य प्रतितोला दुई हजार पाँच सयले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय र चाँदीको मूल्य प्रतितोला ४० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार चार सय कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ७६५ पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार नौ सय तथा चाँदी प्रतितोला चार हजार ७२५ मा कारोबार भएको थियो।

यसअनुसार एक दिनमै सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय र चाँदीको मूल्य ४० ले बढेको हो ।