• Menu

चेम्बर अफ कमर्सद्वारा ५० लाखको औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १२:३२

चेम्बर अफ कमर्सद्वारा ५० लाखको औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । विपद् प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री नेपाल चेम्बर अफ कमर्सलाई हस्तान्तरण गरेको छ।

राहत सामग्रीअन्तर्गत ज्वरो, रुघाखोकी, झाडापखाला लगायत विभिन्न रोगका लागि आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनिटरी नेप्किन तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन्।

स्वास्थ्य तथा सामाजिक समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले उक्त औषधि तथा स्वास्थ्य सामग्री नेपाल चेम्बर अफ कमर्स विपद् व्यवस्थापन परिषद्का सहसभापति कृष्णमान श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

सभापति श्रेष्ठका अनुसार हस्तान्तरण गरिएको सहयोग सामग्री करिब ५० लाख रुपैयाँ बराबरको रहेको छ।

नेपाल चेम्बर अफ कमर्सले उक्त स्वास्थ्य सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिने जनाएको छ।

विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउन निजी क्षेत्रले सरकारसँग समन्वय गर्दै सहयोगलाई निरन्तरता दिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।