• Menu

एकैदिन ८ हजार ८०० ले घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार ११:३२

एकैदिन ८ हजार ८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य चार हजार ५८० कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ थियो ।