• Menu

अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार ०७:०४

अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो

काठमाडौँ । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ। हिजो बुधबार डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदरर १५२ रुपैयाँ २३ पैसा थियो ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा तोकिएको छ । हिजो युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४८ पैसा थियो । बेलायती पाउन्ड स्ट्रलिङको भाउ पनि घटेको छ । आज बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो पाउन्ड एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा थियो । यस्तै स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा तोकिएको छ।

ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैङ्कले जनाएको छ।