• Menu

भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री काठमाडौं आइपुग्यो

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार ११:२५

भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं । भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री आइपुगेको छ ।

नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्रीसहितका उडान काठमाडौं आइपुगेका भारतीय दूतावासले जनाएको छ ।

राहत सामग्रीमा ‘फरेन्सिक किट’ र चिकित्सकीयसहित २१.५ टन राहत सामग्री रहेका छन् । उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ, जसले जारी नेपाली राहत तथा उद्धार प्रयासलाई थप सुदृढ बनाउन र भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न मद्दत गर्नेछ ।