काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५४०.१८ अमेरिकी डलर तथा चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।