• Menu

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ३ अर्ब ७७ करोडमा सीमित

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १५:४५

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ३ अर्ब ७७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दै २६५० अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ४.०५ अंकले घटेको हो ।

बजार दिनभर अधिकांश समय नकारात्मक रहँदा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।

यस दिन ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकमा अधिकांश क्षेत्र ओरालो लागेका छन् ।

बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.२१, वित्त ०.७०, होटल तथा पर्यटन ०.२७, जलविद्युत ०.१३, लगानी ०.१७, जीवन बिमा ०.३१, निर्जीवन बिमा ०.२४ तथा अन्य समूह ०.१४ प्रतिशतले घटेका छन् । यद्यपि उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशत, लघुवित्त ०.०१ प्रतिशत र व्यापार समूह ०.१९ प्रतिशतले बढेका छन्।

कारोबारका आधारमा जलविद्युत समूह सबैभन्दा सक्रिय रह्यो। यस समूहमा १ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वाणिज्य बैंक समूहमा ५१ करोड, उत्पादन तथा प्रशोधनमा २९ करोड तथा विकास बैंक समूहमा १६ करोड रुपैयाँको कारोबार भएको छ ।

व्यक्तिगत कम्पनीतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ। त्यसपछि सोलु हाइड्रोपावरको ३.९३ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता अपर लोहोरेखोला जलविद्युत्को सेयर मूल्य ६.९३ प्रतिशतले घट्दा आँखुखोला जलविद्युत्को मूल्य २.९४ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत् शीर्ष पाँच कम्पनीमा परेका छन् ।