• Menu

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम चार अर्ब ४० करोड नाघ्यो

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १६:२३

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम चार अर्ब ४० करोड नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६० अंकले बढेर ४६७.३६ बिन्दुमा पुगेको छ ।

यसैगरी, फ्लोट परिसूचक ०.०३ अंकले घटेर १८३.२९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ०.३० अंकले घटेर १५८.२६ बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६७ हजार ७३२ कित्ता सेयर चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा खरिदबिक्री भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज एक सय २२ कम्पनीको सेयर मूल्य बढेको, एक सय ४३ कम्पनीको घटेको तथा ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।