• Menu

सेयर बजार ७.७९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २ करोडमा सीमित

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १६:१३

सेयर बजार ७.७९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २ करोडमा सीमित

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ अंकले घटेर ४७० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.६५ अंकले घटेर १८४.५७ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.४२ अंकले घटेर १५९.२७ मा पुगेको छ । आज विभिन्न कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर चार अर्ब दुई करोड ९३ लाख ९० हजार ३५१ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७८ कम्पनीको सेयर बढ्यो भने  १८६ कम्पनीको शेयर घट्यो । त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिर्भस लिमिटेड, नबिल व्यालेन्स फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी गरिमा समृद्धि योजना, सिभिल बैंक डिबेञ्चर, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलगायतका लगानीकर्ताले गुमाएका छन् ।