• Menu

सभामुख डिपी अर्याल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता, संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १६:०९

सभामुख डिपी अर्याल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता, संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग  सभामुख डिपी अर्यालले भेटवार्ता गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा सभामुखले उनीहरुसँग छलफल गरेका थिए ।

त्यसैगरी, मंगलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए । छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।