
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार शीतल निवासमा भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनापछि विकसित परिस्थितिलगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
उनले सुनसरी घटनाका विषयमा राजनीतिक दलहरूबीच संवाद र सहकार्यका लागि आफूले आह्वान गरेको सर्वदलीय बैठकका निर्णय तथा छलफलबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएको रास्वपाले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal