• Menu

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइ सुरु

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १२:४५

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ प्रक्रिया सुरु भएको छ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बुधबार कार्कीको सुनुवाइ सुरु भएको हो । सुनुवाइअघि उहाँविरुद्ध परेको उजुरीमाथि समितिले छलफल गरेको थियो। कार्कीविरुद्ध एउटा उजुरी परेको जनाइएको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्तमा कार्कीलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ।