• Menu

शुक्लाफाँटामा बाघको संख्या ५० पुग्यो, राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा सार्वजनिक

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १५:०२

शुक्लाफाँटामा बाघको संख्या ५० पुग्यो, राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा सार्वजनिक

कञ्चपुर । कञ्चपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५० पुगेको छ ।

राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको संख्या ४४ बाट वृद्धि भएर ५० पुगेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले आठ बर्षको अवधिमा निकुञ्जमा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको बताए । सन् २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको संख्या १६ रहेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार बिहान बाघ सर्वेक्षणको नतिजा सार्जवजिक गर्दै बाघ गणना २०८२ पुसदेखि २०८३ वैशाख १० गतेसम्म गरिएको जनाएको छ ।

शुक्लाफाँटा र आसपासका क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघ गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियामा बाघका लागि आहारा प्रशस्त भएका कारण पनि बाघको संख्यामा वृद्धि भएको हो ।

मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रूपमा पनि शुक्लाफाँटा परिचित छ । कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटामा बाह्रसिङ्गा, चित्तल, बँदेललगायत गरेर आहारा प्रजाति प्रति वर्गकिलोमिटरमा १४६.२ जनावर रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भनाइ छ ।