• Menu

हेटौंडा उपमहानगरले ‘पर्यटन वर्ष’ लक्षित गर्दै साउनभित्रै ‘शून्य फोहर महाअभियान’ सुरु गर्दै

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १६:१९

हेटौंडा उपमहानगरले ‘पर्यटन वर्ष’ लक्षित गर्दै साउनभित्रै ‘शून्य फोहर महाअभियान’ सुरु गर्दै

मकवापुर । हेटौंडा उपमहानगरपालिकाले यही साउन महिनाभित्रै शून्य फोहर महाअभियान सुरु गर्न लागेको छ ।

हेटौंडा बागमती प्रदेशको केन्द्रका रुपमा रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘पर्यटन वर्ष’ घोषणा गरेकाले त्यस पक्षलाई दृष्टिगत गरी शून्य फोहर महाअभियान सुरु गर्न लागिएको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिए ।

उनले भने, ‘हामीले उपमहानगरपालिका क्षेत्रभित्रका सरकारी, निजी सबै संघ संस्था, कार्यालय, विद्यालय, टोल विकास संस्थाहरूमा सूचना तथा पत्राचार गरी यही साउन २२ गते बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म आ-आफ्नो कार्यालय क्षेत्र परिसर सरसफाइ गरी महाअभियानलाई सफल पार्न अनुरोध गरेका छौँ ।’