• Menu

सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १२:२४

सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी, दास टोलबाट ३ जनालाई पक्राउ गरिएको छ ।

गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका-६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।