• Menu

नेप्से १३.८२ अंकले घट्यो, जलविद्युत समूहमा सबैभन्दा बढी कारोबार

नेपाल प्रफिट

२०८३ साउन २१, १६:२३

नेप्से १३.८२ अंकले घट्यो, जलविद्युत समूहमा सबैभन्दा बढी कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४.०६ विन्दुमा कायम भएको छ। कारोबार अवधिभर बजार निरन्तर ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो।

आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

समूहगत सूचकतर्फ व्यापार समूह बाहेक सबै समूहमा गिरावट देखियो। व्यापार समूहको सूचक ०.५९ प्रतिशतले बढ्दा बैंकिङ ०.८४, विकास बैंक ०.३८, वित्त ०.१०, होटल तथा पर्यटन ०.४६, जलविद्युत् ०.३८, लगानी ०.३०, जीवन बिमा ०.६७, उत्पादन तथा प्रशोधन ०.८८, लघुवित्त ०.३०, निर्जीवन बिमा ०.७३ तथा अन्य समूह ०.२८ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा जलविद्युत् समूह सबैभन्दा अगाडि रह्यो। यस समूहमा २ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि वाणिज्य बैंक समूहमा ४९ करोड ८२ लाख, विकास बैंकमा ३१ करोड तथा वित्त समूहमा २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सर्वाधिक लाभ कमायो। कालंगा हाइड्रोपावर ४.६२ प्रतिशत र सानीगढ हाइड्रोपावर २.४६ प्रतिशतले उकालो लागे ।

यता स्नो रिभर फल्स हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले घट्दा जोशी हाइड्रोपावर ४.७० प्रतिशत र कृषि विकास बैंक ३.५० प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर अग्रस्थानमा रहे ।