
काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन ऊर्जा लिमिटेडबीच तल्लो हुग्दीखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि ऋण सम्झौता भएको छ ।
साउन २० गते सम्पन्न सम्झौताअनुसार ४.७५ मेगावाट क्षमताको उक्त आयोजनाका लागि कुल परियोजना लागतको ७० प्रतिशत अर्थात् करिब ५१ करोड ५१ लाख रुपैयाँ बराबरको ऋण तथा अन्य आवश्यक बैंकिङ सुविधा उपलब्ध गराइनेछ ।
सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन ऊर्जा लिमिटेडका तर्फबाट सञ्चालक गोपालप्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत पाण्डेयले आयोजनाको वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई रोजेकामा धन्यवाद दिँदै आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालन हुने विश्वास व्यक्त गरे । त्यसैगरी चितवन ऊर्जा लिमिटेडका सञ्चालक निरौलाले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै निर्धारित समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal