• Menu

नाइमा एक्सपोमा एथरको नयाँ गिभअवे, एउटा फोटोले जिताउन सक्छ स्कुटर

नेपाल प्रफिट

२०८३ साउन २१, ०७:४२

नाइमा एक्सपोमा एथरको नयाँ गिभअवे, एउटा फोटोले जिताउन सक्छ स्कुटर

काठमाडौं । विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला एथर इनर्जि नेपालले आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा मेगा गिभअवे अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत प्रदर्शनीमा सहभागीमध्ये एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु एथर स्कुटर जित्ने अवसर पाउनेछन् ।

एथर नेपालले गत वर्ष पनि यस्तै अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा सालिकराम कँडेलले एथर रिज्टा स्कुटर जितेका थिए । गत वर्षको अभियानमा सहभागीबाट उत्साहजनक प्रतिक्रिया पाएपछि कम्पनीले यस वर्ष पनि सामाजिक सञ्जालमार्फत गिभअवे कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन एथर इनर्जि नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ । त्यसपछि नाइमा मोबिलिटी एक्सपो २०२६ को हल सी, स्टल सी२ मा रहेको एथर स्टलमा पुगेर एथर स्कुटरसँग फोटो खिच्नुपर्नेछ ।

फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरी @AtherEnergyNepal लाई ट्याग गर्नुपर्नेछ भने पोस्टमा आफ्ना दुई जना साथीलाई समेत ट्याग गर्नुपर्ने कम्पनीले जनाएको छ । यी चारवटै प्रक्रिया पूरा गर्ने सहभागी लक्की ड्रमा स्वतः समावेश हुनेछन् ।

कम्पनीका अनुसार एथरको स्टलमा विद्युतीय सवारीका नवीनतम प्रविधि, स्मार्ट फिचर तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानबारे प्रत्यक्ष अनुभव लिन सकिनेछ । विभिन्न अन्तरक्रियात्मक डेमो तथा गतिविधिमार्फत एथरका उत्पादनबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ ।

नाइमा मोबिलिटी एक्सपो यही अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।