• Menu

नेपाल-जापान फेस्टिभलमा यामाहा एक्सएसआर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक

नेपाल प्रफिट

२०८३ मंसिर १०, बिहीबार १५:२६

नेपाल-जापान फेस्टिभलमा यामाहा एक्सएसआर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक

काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ ।

नेपाल–जापानबीचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने यो सार्वजनिक कार्यक्रम विशेष बनेको थियो । नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो ।

यससँगै यामाहा एक्सएसआर १५५ अब खरानी-हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङमा उपलब्ध भएको छ, जसले ग्राहकलाई आफ्नो रुचि र व्यक्तित्वअनुसार छनोट गर्ने थप अवसर प्रदान गर्नेछ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सवले यो सार्वजनिक कार्यक्रमलाई थप विशेष बनाएको छ । दशकौँदेखिको सांस्कृतिक आदानप्रदान, प्रविधि तथा विकासमा सहकार्य र आपसी सम्मानले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको छ ।

जापानी इन्जिनियरिङ उत्कृष्टताको लामो इतिहास बोकेको यामाहाले पनि यी साझा मूल्यहरूलाई प्रतिनिधित्व गर्छ । ‘Built on Legacy. Driven by Performance’ भन्ने ब्रान्ड दर्शनअनुरूप यामाहाले विरासत, उत्कृष्ट शिल्पकला, प्रविधिगत नवप्रवर्तन र आधुनिक कार्यसम्पादनलाई निरन्तर अघि बढाउँदै आएको छ ।

कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्व प्रकाश पारे । उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई समेत स्मरण गरे ।

साथै, प्रविधि, पूर्वाधार तथा विकासका विभिन्न क्षेत्रमा जापानले नेपाललाई पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै उनले यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतीकका रूपमा उल्लेख गरे ।

‘एमएडब्लु ग्रुप नेपाली ग्राहकसमक्ष जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन प्रतिबद्ध छ,’ उनले भने, ‘यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गर्छ ।’

फेस्टिभलमा प्रस्तुत परम्परागत जापानी कोटो संगीत, ताइको ड्रमिङ, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । यी प्रस्तुतिहरूले जापानको समृद्ध सांस्कृतिक पहिचानलाई झल्काउनुका साथै यामाहाको जापानी विरासत, शिल्पकला र पहिचानसँग पनि सुन्दर सम्बन्ध स्थापित गरेका थिए ।

विशिष्ट रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा एक्सएसआर १५५ ले क्लासिक डिजाइनको आकर्षणलाई आधुनिक कार्यसम्पादनसँग जोडेको छ । यसमा भीभीए इन्जिन, डेल्टा बक्स फ्रेम, ६-स्पिड ट्रान्समिसन र ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता विशेषता छन्, जसले उत्कृष्ट कार्यसम्पादन, स्थिरता र नियन्त्रण प्रदान गर्न मद्दत गर्छन् ।

नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभर रहेका १०५ यामाहा आउटलेटहरूको सञ्जालमार्फत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।