• Menu

बाढी प्रभावित क्षेत्रका संस्थालाई टीभीएसको २५ मोटरसाइकल सहयोग

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार ११:३७

बाढी प्रभावित क्षेत्रका संस्थालाई टीभीएसको २५ मोटरसाइकल सहयोग

काठमाडौं । टीभीएस मोटर कम्पनी र यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्थानीय संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र आवागमन सहज बनाउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवालाई पाँच-पाँचवटा प्रदान गरिएको छ । त्यस्तै, नुवाकोट केन्द्रीय कारागारलाई एउटा, विदुर नगरपालिकालाई दुईवटा र त्रिशूली अस्पताललाई एउटा मोटरसाइकल उपलब्ध गराइएको छ ।

यसैगरी, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई एक-एकवटा मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनर्स्थापना तथा पुनरुत्थानमा योगदान पुर्‍याउने लक्ष्य राखेका छन् । मोटरसाइकल सहयोगले स्थानीय संस्थालाई सेवा प्रवाहका लागि आवश्यक आवागमनमा सहजता ल्याउने र समुदायसम्म सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट (इन्टरनेसनल बिजनेस) पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण बजार रहेको बताउँदै स्थानीय समुदायमा सकारात्मक योगदान पुर्‍याउनु पनि कम्पनीको प्राथमिकता भएको उल्लेख गरे ।

‘हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्‍याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ । विभिन्न संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा गरेका छौँ,’ उनले भने ।

शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएस मोटर कम्पनीका दुई तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरकका रूपमा कार्यरत छ । कम्पनीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदायको हित र विकासमा योगदान पुर्‍याउने कार्यलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ ।