• Menu

कामदारसँग अवैध रकम संकलनको आरोपमा पूर्व मुख्यसचिव अर्याल पक्राउ

नेपाल प्रफिट

२०८३ मंसिर १०, बिहीबार १३:०५

कामदारसँग अवैध रकम संकलनको आरोपमा पूर्व मुख्यसचिव अर्याल पक्राउ

काठमाडौं । कामदारसँग अवैध रकम संकलनको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

सोही आरोपमा तत्कालीन मन्त्रीहरु रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।